site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्