site stats
बाह्रखरी :: Baahrakhari
देश
रामेछापमा जिप दुर्घटना : एक वृद्धाको मृत्यु, नौजना घाइते
Argakhachi Cement Island Ad

मन्थली (रामेछाप) । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य नौजना घाइते भएका छन् । 

मृत्यु हुनेमा ६२ वर्षीया माया बिक रहेकी छिन् ।

घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्