site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरी र मोरङमा तीन घण्टादेखि भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । सुनसरी र मोरङमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो । 

सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । 

थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्