site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभर १९ स्थानको राजमार्ग अवरुद्ध, १४ ठाउँमा एकतर्फी सञ्चालनमा (सूचीसहित)

काठमाडौं । भारी वर्षाका कारण देशका १९ ठाउँको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार साँझ ६ बजेसम्म अवरुद्ध रहेका १४ स्थानको सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको छ ।

प्रहरीका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा बन्द छ । 

Argakhachi Cement Island Ad

यस्तै, रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, सङ्खुवासभाको कोसी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ । 

Pahiro-1720455566.jpg

Pahirro-1720455566.jpg

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्