site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्याजदर घट्दा पनि कर्जाको माग छैन : गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा कर्जाको माग न्यून भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै ब्याजदर घट्दा पनि कर्जाको माग नभएको बताएका हुन् । 

“अहिले कर्जा रिकोभरीमा समस्या छ । निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण हैन, कोभिडले पारेको प्रभाव पनि हो,” उनले भने, “ब्याजदर घट्दा पनि कर्जाको माग छैन । व्यावसायिक मनोबल गिरेको छ । उठाउनु पर्नेछ ।”

आगामी मौद्रिक नीति व्यवसायलाई चलायमान बनाउनेतर्फ लक्षित हुने गभर्नर अधिकारीले बताए ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्