site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरको दोदा नदीले खतराको तह नाघ्यो, भोलिसम्म सजग रहन आग्रह

काठमाडौं । कञ्चनपुरको दोदा नदीको जलसतहले खतराको तह पार गरेको छ । दोदा/मछेली नदी बाढी मापन केन्द्रमा आइतबार राति १०:४५ बजे पानीको बहाबले खतरा तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । विभागले सोमबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

कञ्चनपुरमा शनिबारदेखि वर्षा भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २३:२६
प्रतिक्रिया दिनुहोस्