site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले वीपी राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखिको पानीका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । 

“दुई ठाउँमा पहिरोले राजमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले बाह्रखरीसँग भने । 

सुनकोसी गाउँपालिका–२ कमिरेफाडमा  पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको हाे । गोलन्जोर गाउँपालिका–६ अक्करेभिरमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । 

पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको छ । पहिरोमा फसेका सवारीसाधनलाई निकालेर सुरक्षित स्थानमा राखिएको डीएसपी खड्काले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्