site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मनसुन

ऊ चोर हो, उसलाई चोर्ने मन छ । युवतीको गलामा सुन छ ।

सुन्धारामा ऊ त्यही अपरिचित युवतीको छाताको ओतमा छ । घरी सुन्दरता हेर्छ, घरी सुन हेर्छ । दुवै अनमोल छ ।

पानी एकनासले परिरहेको छ । असारको महिना, मनसुन सक्रिय छ ।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्