site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीवाईडीको ८० लाखौँ कार थाइल्यान्डको प्लान्टबाट उत्पादन भएर बजारमा

काठमाडौं । बीवाईडीले आफ्नो ८० लाखौँ कारका रूपमा थाइल्यान्डस्थित प्लान्टबाट उत्पादित कार बजारमा सार्वजनिक गरेको छ ।

बिहीबार (जुलाई ४)मा बीवाईडीका अध्यक्ष वाङ चुआनफुलाई उक्त बीवाईडी डल्फिन कार पठाइएको हो ।

बीवाईडीले १६ वर्षमा ८० लाख न्यू इनर्जी भेहिकल अथवा विद्युतीय गाडी (ईभी) उत्पादन गरेको छ ।

थाइल्यान्डमा सन् २०२३ को मार्चमा सुरु भएको उत्पादन प्लान्टले १६ महिनाभन्दा कम अवधिमै कार उत्पादन सुरु गरेको हो ।

एक लाख ५० हजार युनिट प्रतिवर्ष उत्पादन क्षमताको लक्ष्य रहेको यो प्लान्टमा बीवाईडीको पूर्ण लगानी छ ।

बीवाईडीले सुरुमा सन् २००८ मा पहिलो ईभी उत्पादन गरेको थियो ।

१३ वर्षपछि सन् २०२१ सम्म १० लाख गाडी उत्पादन गरेको कम्पनीले त्यसयताको गति तीव्र पार्दै हालसम्म ८० लाख गाडी उत्पादन गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २३:३९
प्रतिक्रिया दिनुहोस्