site stats
बाह्रखरी :: Baahrakhari
देश
लमजुङको खुदीबजार र बेँसीसहर क्षेत्रमा भारी वर्षा, सजग रहन आग्रह

काठमाडौं । लमजुङको खुदीबजार, बेँसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएको भएको छ । ती क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले खुदी खोलालगायत सो क्षेत्र भएर बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । विभागले भोलि बिहानसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुन सक्रिय भएसँगै देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्