site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीको रामग्राममा भारतीय युवाको अवैध म्यानपावर, दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापश्चिम (नवलपरासी)को टोलीले अवैध म्यानपावर सञ्चानल गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका २४ वर्षीय निर्सग रविन्द्र राणे र सोही ठाउँमा ३७ वर्षीय जावेद मसिंह छन् । उनीहरूले रामग्राम नगरपालिका–५ मा जेडी म्यानपावर सर्भिसेस सञ्चालन गरेका थिए ।

Argakhachi Cement Island Ad

एक हप्ताअघि मात्र उनीहरूले रुस, अस्ट्रेलिया र इटालीलगायतका देश पठाउने भन्दै म्यानपावर सञ्चालन गरेको खुलेको छ । नवलपरासी प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालले म्यानपावर दर्ता नै नगरी सञ्चालन गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको एसपी फुयालको भनाइ छ । प्रहरीले म्यानपावरको होर्डिङ बोट हटाएर कार्यालय सिल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्