site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ बन्ने सत्तासमीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद विष्ट
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर विष्टले नयाँ बन्ने सत्तासमीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् । 

उनले अर्थतन्त्रले लय ल्याइरहेको बेलामा फेरि पनि देशको संविधानलाई संशोधन गर्ने सर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने सर्तसहित समझदारी भएको कुरा आएको भन्दै सहज नरहेको स्पष्ट पारे । 

Argakhachi Cement Island Ad

संविधान संशोधन गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाबाटै संसद्को दुईतिहाइ बहुमत चाहिने उनको भनाइ थियो ।  देशमा नेपालको वस्तुगत आवश्यकतालाई मध्यनजर गरी नेपाली आत्मनिर्भर अर्थतन्त्रको विकास सुरु भएको बेलामा राजनीतिक अस्थिरता सिर्जना भएको उल्लेख गरे । 

“अर्थतन्त्रले लय ल्याइरहेको बेलामा फेरि पनि यो देशको संविधानलाई संशोधन गर्ने सर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने समझदारी भयो भन्ने कुरा सुनेका छौँ । हेर्दै जाउँ कहिलेसम्म केके हुन्छ । संविधान संशोधन गर्न त्यति सहज छैन,” उनले भने ।  

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्