site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीलाई बालकोट बोलाए 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् । 

आज साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाइएको एक मन्त्रीले जानकारी दिए । एमालेबाट सरकारमा आठ मन्त्री छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीचको भेटपछि बढेको नेताहरूको भेटले तरंग पैदा गरेको छ । मन्त्रीहरूलाई बालकोट बोलाइनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्