site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चक्रपथ विस्तारको काम छिटो अघि बढाउन मागसहित दबाब यात्रा

काठमाडौं । चक्रपथ विस्तारको बाँकी काम छिटो अघि बढाउन मागसहित दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा शनिबार काठमाडौंमा दबाब यात्रा गरिएको हो ।

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै विरोधस्वरूप पैदलयात्रा गरिएको नेता पौडेलले बताए । सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको उनको आरोप थियो ।

Argakhachi Cement Island Ad

दबाब यात्राका क्रममा सडकनजिक रहेका व्यवसायी र स्थानीयसँग उनले अन्तरक्रिया गरेका थिए । कलंकीदेखि चाबेलसम्मको १३ किलोमिटर सडक सन् २०२० सम्म पूरा गर्नुपर्ने भए पनि विभिन्न बहानामा अल्झाइएको उनले बताए ।

नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँग पनि छलफल गरेको जानकारी दिए । चक्रपथ विस्तारको दबाबका निम्ति कुनै राजनीतिक स्वार्थ नरहेको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्