site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोमा घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु 
प्रतीकात्मक तस्बिर । 

काठमाडौं । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । 

मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर बिकको घर पहिरोमा पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । 

Argakhachi Cement Island Ad

मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र विपना बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले बाह्रखरीलाई जानकारी दिए ।  

उक्त क्षेत्रमा गएरातिदेखि वर्षा भइरहेको उनले बताए । 


 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्