site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय नेता आडवाणी अस्पताल भर्ना

नयाँदिल्ली । भारतको सत्तारूढ भाजपाका नेता तथा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी अस्वस्थ भएका छन् । उनी अस्वस्थ भएपछि बुधबार राति एम्स अस्पतालमा भर्ना गरिएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार ९६ वर्षका उनलाई एम्सको प्राइभेट वार्डमा राखिएको छ । उनलाई युरोलोजी विभागका चिकित्सकले परीक्षण गरिरहेको जनाइएको छ  ।

उनलाई के कारणले अस्पताल भर्ना गरिएको भन्ने सूचना नदिए पनि उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको जनाइएको छ । उनलाई गएको मार्चमा राष्ट्रपति द्रौपदी मुर्मुले भारत रत्नले सम्मानित गरेकी थिइन् ।

८ नोभेम्बर १९२७ मा पाकिस्तानको कराँचीमा जन्मेका आडवाणी सन् १९४२ मा राष्ट्रिय स्वयंसेवक संघमा जोडिएका थिए । उनी १९८६ देखि १९९० सम्म, १९९३ देखि १९९८ र २००४ देखि २००५ सम्म भाजपाका राष्ट्रिय अध्यक्ष पनि भएका थिए । उनी १९९९ देखि २००४ सम्म एनडीए सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्