site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्