site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना
तनहुँस्थित सेती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही साना नदीमा आज आकस्मिक बाढीको सम्भावना छ । १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची र गुल्मी भई बहने केही साना नदीमा आकस्मिक बाढीको अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, चितवन, गोरखा, लमजुङ, तनहुँ र कास्की भई बहने साना नदीमा समेत बहाव बढ्ने सम्भावना छ ।

ठूला नदीमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

ss-1719287707.JPGb2-1719287719.JPG
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्