site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भएको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ बढेर कारोबार भएको हो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्