site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उत्पादनकेन्द्रित बजेट ल्याएका छौँ : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत गरिएको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा उनले यस्तो बताएका हुन् ।

बजेटमा कृषि, पर्यटन, जलविद्युत्, आईटीलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको उनले उल्लेख गरे । उनले सात प्रदेशका सात विशेषता छुट्ट्याएको जानकारी गराए ।

सुदूरपश्चिम प्रदेशलाई पर्यटकीय हबका रूपमा विकास गर्ने गरी बजेट विनियोजन गरिएको उनले बताए । उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गरे ।

मानिस धनी हुने मात्र नभई समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्