site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
केन्द्र सरकारले सहकारीको नियमन गर्नेगरी अधिकार सम्पन्न प्राधिकरण बनाउने : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले खराब सहकारीलाई छानबिन गरी कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजित मन्त्रालयतगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो बताएका हुन् । 

सहकारीको मर्म, भावना र उद्देश्यअनुरुप काम नगरेर व्यापारको रूपमा काम गरेको विषयलाई ध्यान दिँदै एक व्यक्ति एक सहकारी सदस्य रहने कानुनी व्यवस्था गरेको उनले जानकारी दिए ।  अहिले देखिएको विचलनले सबै सहकारी एकै हुन् भन्ने भ्रम परेको भन्दै उनले खराब सहकारीलाई छानबिन गरी कारबाही गर्ने र सहीलाई प्रोत्साहन गरेर जाने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिए । 

“सहकारीका अहिले देखिएको विचलनले सबै सहकारी एकै हुन् भन्ने अहिले भ्रम परेको छ । खराब सहकारीलाई छानबिन गरी कारबाही गर्ने र सहीलाई प्रोत्साहन गरेर जाने प्रक्रियामा ध्यान केन्द्रित भएको छ,” उनले भने ।  

स्थानीय तहमा दर्ता भएका स्थानीय तह, प्रदेशमा दर्ता भएकालाई प्रदेश सरकारले नियमन गर्ने भएकाले केन्द्र सरकारले सहकारीको नियमन गर्नेगरी अधिकार सम्पन्न प्राधिकरण बनाउने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि कार्यविधि बनाएर अगाडि बढाउने भन्दै उनले भूमिसम्बन्धी एकीकृत ऐन ल्याउन जरुरी रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्