site stats
बाह्रखरी :: Baahrakhari
देश
नागरिकका पक्षमा इमानदार भएर काम गर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् । 

पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा बुधबार काठमाडौंमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा बोल्दै लामिछानेले संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने भन्दै कानुनले दिएको अधिकारअनुसार नागरिकका पक्षमा इमानदार भएर काम गरे समाज परिवर्तन हुने बताए । 

Argakhachi Cement Island Ad

गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने बताए । त्यसका लागि शारीरिक र मानसिक हिसाबले चुस्त हुन जरुरी रहेको उनको भनाइ छ । 

मन्त्री लामिछानेले आफूमाथि आएका गाली गलौजलाई सहज ढंगले लिँदा आफूलाई त्यसकै कारण तनाव नभएको धारणा राखे । 

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्