site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुने घटनामा एक सय ८ जनालाई मुद्दा चलाइँदै
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले राजावादीहरुले गरेको तीनकुने अराजक प्रदर्शनको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५७ दिनमा अनुसन्धान गरेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

तीनकुने घटनामा संलग्न एक सय ८ जनलाई मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।  पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत प्रतिवादी छन् ।  चैत १५ मा गरेको प्रदर्शन अराजक हुँदा दुईजनाको मृत्यु भएको थियो भने व्यक्तिका घरहरुसमेत जलाइएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्