site stats
बाह्रखरी :: Baahrakhari
देश
देशैभरको तापक्रम घट्यो, कहाँको कति ?
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । वर्षा हुन थालेपछि काठमाडौंसहित देशभरको तापक्रम घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३०.५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम वर्षकै बढी ३५.३ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार, सन् १९९९ अप्रिल २६ मा काठमाडौंको अधिकतम तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयताको उच्च तापक्रम शनिबार मापन गरिएको हो ।

काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

तराईको तापक्रम पनि घट्यो

तराईका जिल्ला पनि तापक्रम घटेको छ । आइतबार नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.८ डिग्री सेल्सियस मापन गरिएकोमा आज ४२.६ डिग्री सेल्सियसमा झरेको छ ।

आज धनगढीको अधिकतम तापक्रम ४२.४, दिपायलको ४१.८, वीरेन्द्रनगरको ४०, घोराहीको ३८.२, भैरहवाको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

आइतबार धनगढीको अधिकतम तापक्रम ४२.८, वीरेन्द्रनगरको ४१.४, दिपायलको ४१.२, घोराहीको ३८.६, भैरहवाको अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस मापन गरिएको थियो

महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आइतबार र सोमबारको अधिकतम तापक्रमको तुलना :

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्