site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बझाङको चैनपुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका वडा–१० स्थित चैनपुरमा ३०४औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेदेखि चैनपुरमा बखोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बैंकले विश्वास लिएको छ ।

हालसालै 'बैंक अफ द इयर, २०२३'को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०४ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्