site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षाले खाँदबारी–नुम सडकमा क्षति
Argakhachi Cement Island Ad

संखुवासभा । कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा  वर्षाले क्षति गरेकाे छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोसी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोसी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढु‌गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।
 
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनले जानकारी दिए । रासस

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्