site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनको एक सार्वजनिक पार्कमा चार अमेरिकीमाथि चक्कु प्रहार 

काठमाडौं । चीनको एक सार्वजनिक पार्कमा पहिचान नखुलेका आक्रमणकारीले अमेरिकी कलेजका चार शिक्षकमाथि चक्कु प्रहार गरेका छन् । 

चक्कु प्रहारबाट घाइते भएका चारजनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । अहिले उनीहरूको उपचार चलिरहेको छ । “आयोवा कलेजका शिक्षक एक आक्रमणमा परी घाइते भएका छन् । उनीहरू उत्तरी चीनको जिलिन प्रान्तको एक पार्कमा थिए,” कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Argakhachi Cement Island Ad

आयोवा कलेजका प्रतिनिधि एडमले भनेका छन्, “मेरा भाई पनि आक्रमणमा परी घाइते हुने चारजनामध्ये एक हुन् । उनीहरूमाथि चक्कु प्रहार गरिएको थियो ।” एउटा समूह स्थानीय मन्दिरको यात्रामा जाने क्रममा एक व्यक्तिले चार अमेरिकीमाथि चक्कु प्रहार गरेका थिए । 

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकीमाथि चक्कु प्रहार भएको सूचना प्राप्त भएको तर, घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जनाए । चिनियाँ प्रशासनले भने यस घटनाका सम्बन्धमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्