site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ८.९० अंकले बढ्यो, साढे पाँच अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.९० अंक बढेर बन्द भएको छ । यस दिन बजार ०.४२ प्रतिशतले बढेर २०८२.०९ विन्दुमा बन्द भएको हो ।

साेमबार पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा कारोबरा रकममा पनि वृद्धि भएको छ । आइतबार पाँच अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन कुथेली बुखुरी स्मल हाइड्रोपावर लिमिटेड र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साेमबार १७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

साेमबार कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ । बाँकी समूहको भने परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा म्युचुअल फन्ड समूह छ । यो समूहको परिसूचक ३.७४ प्रतिशतले घटेको छ ।

त्यस्तै, सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक दुई प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्