site stats
बाह्रखरी :: Baahrakhari
देश
सान मारिनो र निकारागुवाका लागि गैरआवासीय राजदूत नियुक्त 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सान मारिनो र निकारागुवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई निकारागुवाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् । 

“सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई सान मारिनोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि श्री लोक बहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

press-note-president-1718007003.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्