site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले दोहोर्‍याउँदै भने– रामको जन्मभूमि माडी नै हो  

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै रहेको दाबी गरेका छन् । चितवनको अधिवेशनबाट निर्वाचित पार्टी पदाधिकारीको शपथग्रहण कार्यक्रममा उनले शास्त्रहरूले रामको जन्म माडीमा नै भएको देखाउने दाबी गरे । 

“शास्त्रले भनेका प्रमाण, रामायणले भनेका प्रमाणहरू । वाल्मिकीले आफैँले लेखेको प्रमाणहरू सबै कुराले त्यो देखाउँछ,” ओलीले भने, “अयोध्यापुरी रामको जन्मभूमि यहीँ हो भन्ने पुष्टि हुन्छ ।”

शास्त्रले देखाइरहेकोतिर पण्डितहरूलाई पढ्न गाह्रो भइराखेको उनले आरोप लगाए । ओलीले यस विषयमा आफूले राजनीति गर्न नखोजेको पनि बताए । 

“मैले राजनीति गर्न खोजेको होइन । राजनीतिसँग सरोकार होइन । हाम्रो सभ्यता, संस्कृति परम्परा, सनातनसँग जोडिएको विषय हो,” ओलीले भने ।

यसअघि आफू प्रधानमन्त्री भएका बेला पनि ओलीले रामको जन्मभूमि माडी नै भएको बताएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्