site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छ : सांसद भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका हुन् ।

Argakhachi Cement Island Ad

त्यस्तै, जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको सेयर दिनुपर्ने उनले बताए । कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउनसके रोजगारी सिर्जना हुने पनि बताए ।

सांसद भण्डारीले विदेशमा रहेका युवाहरूको पैसा बैंकमार्फत ल्याएर जलस्रोत, पर्यटन, सडक तथा सुरुङमार्गमा सेयर दिनुपर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्