site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीलाई बधाई दिँदै चीनले भन्यो– भारतबाट स्वस्थ र स्थिर सम्बन्धको आशा गर्छौं

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा एनडीए गठबन्धनले लोकसभा निर्वाचनमा बहुमत ल्याएकोमा चीनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले बुधबार पत्रकार सम्मेलनमा मोदीलाई बधाई दिएकी हुन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र राष्ट्रिय जनतान्त्रिक गठबन्धनलाई निर्वाचनमा पाएको जितप्रति बधाई । हामी चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्धको आशा गर्छौं,” उनले भनिन् ।

मंगलबार सम्पन्न मतगणनामा भाजपाले २४० सिटमा जित निकालेको छ । अघिल्ला दुईवटा लोकसभा निर्वाचनमा एक्लै बहुमत ल्याएको भाजपाले यसपटक भने सकेन । भाजपा नेतृत्वको गठबन्धनले भने बहुमत प्राप्त गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्