site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
झिनो अंकले घट्यो नेप्से, चार अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साेमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा बन्द भएको हो ।

साेमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ११० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

साेमबार बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले वृद्धि भएको हो ।

बाँकी समूहहरूको सेयर मूल्य भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक १.०५ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्