site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आन्तरिक ऋणको आकार बढाइनु चिन्ताजनक : सांसद डाँगी 

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले आन्तरिक ऋणको आकार बढाइनु चिन्ताजनक भएको बताएकी छन् ।

सोमबार आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा कमजोरी औंल्याउँदै त्यस्तो बताएकी हुन् । “आन्तरिक ऋणको आकार जसरी बढाइएको छ । त्यो चिन्ताजनक छ,” उनले भनिन् । 

तीन खर्ब ३० अर्ब यति ठूलो परिणाममा सरकारले आन्तरिक ऋण लिँदा निजी क्षेत्रले लगानी गर्न पाउने रकममा संकुचन आउने टिप्पणी अर्थशास्त्रीहरूले गरेको उनले सुनाइन् । शिक्षा मन्त्रालयमा सबैभन्दा बढी बजेट पर्नु स्वागतयोग्य भएको बताइन् । उनले स्वास्थ्य क्षेत्रमा बजेट घटेर आएको पनि चिन्ताजनक भएको बताइन् ।

बजेटमा हरेक पटक नयाँ नयाँ योजना थप्नु समस्या भएको उनको भनाइ छ । “यसपटक पनि केही राष्ट्रिय गौरवको आयोजना थपिएको छ । जस्तो कि खेलकुद रंगशाला बनाउनका लागि नयाँ राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ । यो सकारात्मक पक्ष हो । तर, नामका लागि घोषणा गर्नुको कुनै औचित्य देखिँदैन,” उनले भनिन् । 

हरेक वर्ष नयाँ थप्नुभन्दा पुरानो आयोजनामा ध्यान दिएको भए राम्रो हुने बताइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्