site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै 

तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । 

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए । रासस

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्