site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्रीद्वारा तीन प्रहरी वृत्तको अनुगमन, नयाँ बसपार्क क्षेत्रकाे विशेष सुरक्षा याेजना बनाउन निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडाैंका तीनवटा प्रहरी वृत्तको अनुमगन गरेका छन् । शुक्रबार साँझ गृहमन्त्री लामिछानेले बाैद्ध, गाैशाला र महाराजगञ्ज प्रहरी वृत्तको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले काम गर्ने पक्रिया, जनशक्ति, कागजपत्रकाे व्यवस्थापन, प्रविधिकाे प्रयोग र समस्या आदिबारे वृत्त प्रमुखसँग जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत  जाने मुद्दा तथा थुनुवा कक्षकाे क्षमता र हाल रहेकाे संख्याबारे पनि जानकारी लिएका थिए ।

त्यसक्रममा गृहमन्त्री लामिछानेले नागरिककाे गुनासाे तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिएका थिए ।

उनले नयाँ बसपार्क क्षेत्रकाे विशेष सुरक्षा याेजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्तका डीएसपीलाई निर्देशन दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्