site stats
बाह्रखरी :: Baahrakhari
देश
ठमेलमा रातको समयमा पैदलयात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा विदेशी महिलाहरूमा युगान्डाका आठजना र एकजना केन्याकी महिला छन् ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अभद्र मुद्दामा पाँच दिनको अनुमति पाएको छ । उनीहरूमाथि प्रहरी वृत्त लैनचौरको टोलीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्