site stats
बाह्रखरी :: Baahrakhari
कला
जापानमा ‘पुजार सार्की’को एउटै शोमा १५ सय दर्शक 

काठमाडौं । चलचित्र ‘पुजार सार्की’ जापानमा एउटै शोमा १५ सय दर्शकले हेरेका छन् । जापानमा नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक एकसाथ १५ सय दर्शकले चलचित्र हेरेको ‘पुजार सार्की’को निर्माण टिमले जनाएको छ । 

उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह जापान पुगेका थिए । नाकानो जेरो हलमा भएको शो मा पलले पनि दर्शकसँगै बसेर चलचित्र हेरेका थिए । 

जापानमा ‘पुजार सार्की’को अन्य चारवटा शो पनि तय भइसकेको छ । 

दिनेश राउतले निर्देशन गरेको चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बूलगायतको प्रमुख अभिनय छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्