site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा बिहानैदेखि वर्षा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा सुरु भएको हो । 

काठमाडौं उपत्यकासँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा   मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Argakhachi Cement Island Ad

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  
   
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले राति गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्