site stats
बाह्रखरी :: Baahrakhari
विदेश
निकी हेली ट्रम्पकै पक्षमा

वासिङटन । अमेरिकाको रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उमेदवारको प्रतिस्पर्धामा रहेर पछि बाहिरिएकी निकी हेलीले सन् २०२४ को चुनावमा आफूले डोनाल्ड ट्रम्पलाई मत दिने बताएकी छन् ।

उनी ट्रम्प प्रशासनको पालामा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि रहिसकेकी छन् । उनी पछिल्लोपटक आन्तरिक प्रतिस्पर्धाबाट बाहिरिएपछि ट्रम्पको समर्थन गरेकी थिइनन् । सुरुमा निकीले ट्रम्पलाई अप्ठ्यारो पार्न सक्ने अनुमान गरिएको थियो ।

बुधबार निकीले ट्रम्प राष्ट्रपतिका रूपमा पूर्ण नभए पनि अहिलेका जो बाइडेन विनाशकारी भएको बताएकी छन् ।

बाइडेनले निकी समर्थितलाई आफ्नो साथमा लिने प्रयास गरेका थिए । उनका समर्थक उदारवादी र स्वतन्त्र मतदाता छन् । त्यो भनेको त्यस्तो वर्ग हो, जसले डेमोक्रेटिक पार्टीमा निर्णायक कदम चाल्न सक्छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्