site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेर कारोबार भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्