site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनको माइक ‘म्युट’ गरेर चल्यो विश्वासको मतको प्रक्रिया 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वेल घेराउसहितको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढेको छ । सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रक्रिया अघि बढाएपछि सदनको माइक ‘म्युट’ गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ । तर, माइक म्युट गर्दा उसको नाराबाजी सुनिएको छैन । बैठकको सुरुआतमै अवरोध हुँदा अवरोधको विषयमा औपचारिक संवाद समेत नगरेका सभामुखले बोल्नका लागि समय दिएनन् ।

पहिलो बैठकमा वेल घेराउसहित नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुखले प्रतिपक्षसँग वार्ता नै नगरी दोस्रो बैठक बोलाएर सुरुमै प्रधानमन्त्रीलाई रोष्ट्रममा पठाएका थिए । मार्शल लगाएर प्रतिपक्षलाई एकतर्फ राखेर प्रधानमन्त्री रोष्ट्रममा उभिदै प्रतिपक्षलाई चेतावनी दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्