site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री असभ्य र हिंस्रक ढंगले प्रस्तुत : कांग्रेस
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने ‘बटमलाइन’ कायमै राखेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट समेत लामिछाने त्यसमा संलग्न रहेको पुष्टि हुँदै गएको निष्कर्ष निकालिएको छ ।

“बचत हिनामिना, ठगी भएको छ । ठगी गर्ने काममा माननीय गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रस्ट भएको छ,” बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “आजको बैठकले सहकारीको ठगीको छानबिनमा संलग्न रवि लामिछाने र सम्बन्धितलाई कडा कारबाही गर्न संसदीय छानबिन समिति गठनको पूर्ववर्ती निर्णयमा दृढ छौँ ।”

Argakhachi Cement Island Ad

उनले आइतबारको प्रतिनिधिसभामा बैठकमा गृहमन्त्री असभ्य रूपमा प्रस्तुत भएको बैठकबाट निष्कर्ष निकालिएको जानकारी दिए । उनले गृहमन्त्री भ्रामक, कपोकल्पित ढंगले प्रस्तुत भएको आरोप लगाए ।

लेखकले गृहमन्त्रीले प्रश्न सोध्ने नभएर आफूमाथिका प्रश्नको जवाफ दिनुपर्ने बताए । “आफूमाथि लागेको आरोपबाट भाग्ने प्रयास गर्नुभयो । असभ्य र हिंस्रक ढंगले प्रस्तुत गर्नुभएको छ,” लेखकले भने ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्