site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । संखुवासभामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी नगरपालिका–६, पुलुङका २१ वर्षीय गयामणि राई छन् ।

१८ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको बिहीबार साँझ ती किशोरीको बलात्कार गरिएको भन्ने उजुरीका आधारमा गयामणिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्