site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहज रूपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि बीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीअनुसार ग्लोबल आइएमई बैंकले सिमेक्स इंक प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिदमा सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन् । कुनै पनि नेपाली नागरिकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् नियमानुसार बैंकले उचित ठहर्‍याएका ग्राहकलाई तीन कार्य दिनभित्र सहजरूपमा सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।

ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्भित गर्दै आएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि.का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  

ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै अएको  छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्