site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपक्षी दलहरूसँग कांग्रेसको छलफल सुरू, संसद्‌मा एकमुष्ट आवाज उठाउने तयारी 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल सुरू गरेको छ । संसद्‌मा सत्तापक्षले पेलेर जाने रणनीति लिएको र सभामुसख पूर्वपार्टीको सदस्यकै रूपमा प्रयोग भइरहेको भन्दै कांग्रेसले विपक्षी दलहरूलाई साथ लिएर संसद्‌मा प्रस्तुत हुने तयारी गरेको हाे । 

“विपक्षी सबै दलहरू सामूहिक रूपमा सहकारी ठगीविरुद्ध उभिने गरी छलफल भइरहेको छ,” नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने, “राप्रपा, जनमत, जसपा, लोसपासहितका नेताहरू छलफलमा सहभागी हुनुहुन्छ ।” 

उनले सत्तापक्षले प्रतिपक्षी आवाज दबाउने प्रयास गरेको भन्दै प्रतिपक्षीहरू एक ठाउँ उभिन लागेको जानकारी दिए । छलफमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेकत ज्ञानबहादुर शाही, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारीसहितका नेताहरू सहभागी छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्