site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्णबहादुरको सारङ्गी’को अनबोर्डमा सापकोटा, खनाल र न्यौपाने

काठमाडौं ।  नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपूत र मुकुन भुसालपछि थप तीन कलाकार अनुबन्धित भएका छन् । 

कलाकार भोलाराज सापकोटा, देशभक्त खनाल र विनोद न्यौपानेलाई निर्माण पक्षले अनुबन्धित गराएको हो । 

अन्तर्राष्ट्रिय रूपमा चलचित्र वितरण गर्दै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमामा ‘पूर्ण बहादुरको सारङ्गी’मा उनीहरूलाई शीर्ष भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले जनकारी दिएका छन् ।

लेखक तथा निर्देशक सरोज पौडेलका अनुसार जेठको दोस्रो साताबाट चलचित्र छायांकनमा जानेछ । चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहने सिनेमामा प्रशान्त सिवाकोटीको संगीत हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्