site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
फाइल तस्बिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि वैशाख ७ गते छापावाल सुन एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार भने हालसम्मकै उच्च मूल्यमा छापावाल सुन कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।

बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्