site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलका प्रधानमन्त्रीप्रति मन्त्रीहरू नै असन्तुष्ट

गाजा । इजरायलले रफाह क्षेत्रमा आक्रमण गरिरहेका बेलामा त्यहाँको मन्त्रिपरिषद्‌मा असन्तुष्टि देखिएको छ । इजरायली रक्षामन्त्री योअभ गालेन्टले गाजामा युद्धपछिको योजनालाई सम्बोधन गर्न सरकार असफल भएको भन्दै निराशा व्यक्त गरेका छन् ।

उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा सैन्यशासन वा सर्वसाधारणलाई कब्जामा लिने इजरायलको कुनै योजना नरहेको सार्वजनिक रूपमा नै बताउनुपर्ने जनाएका छन् । “गएको अक्टोबरदेखि नै मैले यो कुरा निरन्तर रूपमा मन्त्रिपरिषद्‌मा उठाइरहेको छु । तर, कुनै प्रतिक्रिया पाएको छैन,” उनले भनेका छन् ।

Argakhachi Cement Island Ad

त्यसबारेमा प्रधानमन्त्री नेतान्याहूले रुखो जवाफ दिएका थिए, “फतास्तानका निम्ति हमास्तान साट्न तयार छैन,” उनले प्रतिस्पर्धी प्यालेस्टाइन समूह हमास र फताहतर्फ संकेत गर्दै भनेका थिए ।

अर्का क्याबिनेट मन्त्री बेन्नी गन्जले पनि प्रधानमन्त्री नेतान्याहूप्रति असहमति जनाएका थिए । उनले रक्षामन्त्रीको भनाइप्रति सहमति जनाउँदै सबै मूल्यमा देशको भलाइका निम्ति नेतृत्व गर्नेको जिम्मेवारी हुने बताएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्