site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड र ओलीलाई रविले भने– संसद्‌मा मैले बोल्न पाउनुपर्छ, चित्त नबुझे छलफल गरौँला 
फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा आफूले बोल्न पाउनुपर्ने बताएका छन् । त्यसपश्चात् चित्त नबुझेका विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भित्र यही विषयमा छलफल भएको जानकारी दिए । 

Argakhachi Cement Island Ad

“जनताको प्रतिनिधिलाई बोल्न दिनुपर्छ । कांग्रेसले भोलिको बैठकमा बोल्न दिएर लोकतान्त्रिक चरित्र देखाउँछ भन्ने कुरामा विश्वस्त छौं,” उनले भने, “बोलेपछि जवाफ चित्त बुझेन भने त्यसपश्चात् थप छलफल गर्न सकिन्छ ।”

गृहमन्त्री लामिछानेले कांग्रेसले आफ्नो हठ छाडेर भोलिको संसद् बैठकमा बोल्न दिने वातावरण सिर्जना गर्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । 

“बोलिसकेपछि जे–जे विषयमा कांग्रेसको चित्त बुझ्दैन, त्यसमा थप छलफल गर्न सकिन्छ । कम्तिमा बोल्नचाहिँ पाउनुपर्छ,” उनले भने ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्